नेपालका कम्युनिष्टहरुले के गर्छन भन्ने देखिसकियो : कांग्रेस महामन्त्री डा . कोईराला



काठ्माण्डौ-

कांग्रेस महामन्त्री डा . शंशाक कोईरालाले नेपालका कम्युनिष्टहरुले सत्ता पाए भने के गर्छन भन्ने छर्लङ्ग भइ सकेको बताएका छन ।

नेपाली कांग्रेसले आज (आइतबार)आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमका बिच पार्टी कार्यलय सानेपामा पत्रकारहरुसग कुरा गर्दै महामन्त्री कोइरालाले जनताले अबसर दिदा पनि बर्तमान सरकार र सत्तारुढ नेकपाले  अबसरको दुरुपयोग गरिरहेको बताएका हुन ।

‘सरकार बनेको लामो समय बिती सक्दा पनि भाषणमा बाहेक काममा कुनै ठोस प्रगती भएको देखिएन’ कोइरालाले भने  ‘त्यसैले अब जनताको बिचमा सरकारले  के गर्छ भन्ने चासो र सरकारसगा जनताको आशा दुबै सकियो’

जनताका अघाडी चुनाब जित्न जे सुकै बाचा गर्ने तर सत्तमा गए पछी जनतालाई बिर्सेर सत्ता स्वार्थमा केन्दृत हुने प्रबृत्तिलाई नै बर्तमान सरकारले पछ्याइ रहेको महामन्त्री कोइरालाले दाबी गरे ।

कम्युनिष्टहरुले नयाँ नयाँ नारा ल्याए पनि ब्यबहारमा देशको सुशासन र बिकाशका लागी केहि गर्न नसक्ने महामन्त्री कोइरालाले जिकिर गरे । पत्रकारहरुसग कुरा गर्दै  कोइरालाले  यतिबेला देशमा संस्थागत भ्रष्टाचार र सार्वजनिक सम्पत्तिको दुरुपयोग अत्याधिक बढिरहेको भन्दै सरकारले त्यसको छनबिन गर्नुपर्नेमा जोड दिए ।कम्युनिष्टहरुले नयाँ नयाँ नारा ल्याए पनि ब्यबहारमा देशको सुशासन र बिकाशका लागी केहि गर्न नसक्ने महामन्त्री कोइरालाले दाबी गरे ।

फरक प्रसङ्गमा बोल्दै महामन्त्री कोइरालाले देशमा कांग्रेसको बिकल्प नभएको प्रष्ट पारे ।अब कांग्रेस एकजुट हुनुपर्ने समय आएकोमा जोड दिदै महामन्त्री डा. कोइरालाले आगामी महाधिबेशन पछी कांग्रेस थप एक्जुट भएर जनताको बिचमा जाने दाबी गरे ।

यसै बिच नेपाली कांग्रेसले आज काठ्माण्डौ स्थित पार्टी केन्द्रिय कार्यलय बिपिनगर सानेपा, लगायत देशका अन्य बिभिन्न जिल्लामा गरेको चियापान कार्यक्रम पुर्णरुपमा सफल भएको छ ।

तत्कालिन समयमा भारत प्रबासमा रहेका नेपाली कांग्रेसका संस्थापक नेता महामानब बिपी कोइराला २०३३ सालमा राष्ट्रीय मेलमिलापको निती लिएर स्वदेश फर्किएपछी २०३४ सालमा पहिलो पटक दशैको कोजाग्रत पुर्णिमाका दिन शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेका थिए ।

संस्थापक नेता जननायक बिपी कोइरालाको मार्गलाई पछ्याउदै हरेक बर्ष कांग्रेसले दशैपछिको कोजाग्रत पुर्णिमाका दिन शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । ।

 

प्रकाशित मिति : आश्विन २६, २०७६ आइतबार  ३ : ०३ बजे