काठमाडौं । जेनजीहरुले सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्ने माग अघि सारेको छन् ।
जेनजीद्वारा आह्वान जनआन्दोलन, २०८२ समन्वय संघर्ष समितिले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुकलाई निकास दिन राजनीतिक दलहरुसहितको सर्वपक्षीय अन्तिम सरकार गठन हुनुपर्ने माग गरेको हो ।
राष्ट्रिय संकट समाधानका लागि राजनीतिक दल, नागरिक समाज र जेन–जी आन्दोलनका प्रतिनिधि सम्मलित सो सरकार गठन हुनुपर्ने माग गर्नुपरेको समितिका प्रतिनिधि लेनिन विष्टले बताए ।










