काठमाडौं, ३ कात्तिक –
प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरासँग प्रहरीले बयान लिन सुरू गरेको छ।
सरकारी वकिल कार्यालयका प्रमुख चन्द्रकान्त खनालका अनुसार आजैदेखि सरकारी वकिल समक्ष प्रहरीले उनको बयान लिन सुरू गरेको हो।बयानको प्रक्रियापछि पुनः म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिने जनाइएको छ ।
महरा अस्वस्थ रहेका कारण अस्पतालमा रहेकाले जिल्ला सरकारी वलिकको कार्यालयमा प्रहरीको उपस्थितिमा बयान सुरु भएको हो । महराले यसअघि गएको मंगलबार (असोज २८ गते) बयानका लागि अस्वीकार गरेका थिए ।
अनुसन्धानका लागि पुनः म्याद थप गर्ने प्रक्रियाका लागि महरालाई प्रहरीले आइतबार बिहान ११ बजेतिर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ लगेको हो ।








