काठ्माण्डौ-
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस नेपालका कम्युनिस्टहरुसँग सैद्धान्तिक र बैचारिक बहस गर्न तयार रहेको बताएका छन ।
वित्तीय संस्था कर्मचारी संघले आयोजना गरेको शुभकामना कार्यक्रममा वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरुले नै नेपालमा जातिय धर्मिक र छेत्रीय राजनितिको शुरुवा गरेको आरोप लगाए । देश फेरी अफ्ठेरो परिसथितीमा जान लागेको बताउदै नेता पौडेलले मुलुकमा विभिन्न जातिवाद र अराजनीतिक कुराहरु उठिरहेको र त्यस्ता गतिविधिका कारण समाज अशान्त र बेचैनीको अवस्थामा रहेको टिप्पणी गरे ।
वरिष्ठ नेता पौडेलले मुलुकको प्रधानमन्त्रीको सवैभन्दा आर्दशपुरुष भेनेजुएलाका राष्ट्रपति मुदुरो भएको र सि जीङपिङ सिद्धान्तलाई नेपालमा प्रयोग गर्ने संझौता गर्दै लोकतन्त्रमाथि प्रहार सुरु गरेको बताए।
पौडेलले भेनेजुएला र सि पथलाई आर्दश मान्ने कम्युनिष्टको नियत स्पष्ट भएको बताए। उनले कांग्रेस भएसम्म लोकतन्त्रका मुल्य मान्यतामाथि नियन्त्रणको प्रयास कसैले पनि गर्न नसक्ने स्पष्ट पारे। पौडेलले भने–‘लोकतान्त्रिक अधिकारमाथि धावा बोल्ने हिम्मत अहिले कम्युनिष्टहरुले गर्न सकेका छैनन् किनकी यो मुलुकमा कांग्रेस छ। कांग्रेले लोकतन्त्रका लागि सात दशक लडिसकेको छ। अझै कांग्रेस लोकतन्त्रका लागि जस्तोसुकै लडाई लड्न तयार छ। त्यसैले लोकतन्त्रप्रति गिद्दे दृष्टि नलाए हुन्छ।’
वरिष्ठ नेता पौडेलले कम्युनिष्ट सरकारले लोकतान्त्रीक मुल्य मान्यतालाई नियन्त्रणको असफल प्रयास गरिरहेको समेत दाबी गरे ।








