प्रधानमन्त्री ओली नेपाल फर्किए



काठमाडौं, ९ कात्तिक –

प्रधानमन्त्री केपी शर्मा ओली  असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।

उक्त शिखर सम्मेलनमा यही कात्तिक ८ र ९ गते अजरबैजानको राजधानी बाकुमा आयोजना भएको थियो ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेललगायतले स्वागत गरेका थिए ।

सो अवसरमा नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो

प्रकाशित मिति : कार्तिक १०, २०७६ आइतबार  ५ : १७ बजे