काठमाडौं–
खोटाङमा भएको दुर्घटनामा १६ यात्रु घाइते भएका छन् ।
खोटाङको दिक्तेलबाट विराटनगर जाँदै गरेको को१ख ६२२० नम्बरको बस दुर्घटनाहुँदा १६ यात्रु घाइते भएका छन् ।
हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा बुधबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
दुर्घटनापछि चालक जेवी तामाङ फारार रहेको उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
बस सडक भन्दा करिब ५० मिटर तल खसेको छ ।
यस्तै घाइतेहरुको दिक्तेल अस्पतालमा उपचार भइरहेको छ ।










