झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ६६ करोडको कारोबार



काठमाडौँस् साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ३.०२ अंकले घटेर २ हजार ६०६.६७ विन्दुमा बन्द भएको हो।

आज १ करोड १ लाख ४६ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।

त्यस्तै, उपर स्याङ्गे हाइड्रोपावर, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ । कम्पनीको मात्र ५५ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

प्रकाशित मिति : मंसिर २२, २०८२ सोमबार  ३ : ४१ बजे