सुनको मूल्य बढ्यो,कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । स्थानिय बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ ।

यस दिन सुन प्रतितोला दुई सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा डेढ सय रुपैयाँ बढेको छ । मंगलबार तीन हजार ६ सयमा कारोबार भएको चाँदी यस दिन तीन हजार सात सय ५० मा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : मंसिर २४, २०८२ बुधबार  ११ : २९ बजे