ग्राण्डी अस्पताल प्रधानमन्त्री ओलीको बिहीबार दोस्रोपटक डायलाइसिस गरिँदै



काठमाडौं-

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे सरकारले कुनै बिश्वसनिय जानकारी नगराइरहदा बुधबार आकस्मिकरुपमा डायलासिस गरिएको छ ।

नियमित स्वास्थ्य परीक्षणको लागि भन्दै ग्राण्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार दोस्रोपटक डायलाइसिस गरिँदैछ।

बुधबार आकस्मिकरुपमा डायलासिस गरिएपछि ओलीमा संक्रमण देखापरेकाले चिकित्सकले उपचार सुरु गरेकाे र त्यो निको भएपछि उनको बिहीबार पनि डायलासिस गर्ने योजना छ।

बुधबार डायलाइसिस सकेर प्रधानमन्त्रीलाई केहीबेर आइसियुमा राखिएको थियो भने साँझ उनलाई क्याबिनमा सारिएको थियो। दोस्रो डायलाइसिसले रगतमा रहेको हानिकारक तत्व थप कम गराउनेछ।

त्यसपछि भने प्रधानमन्त्रीलाई डिस्चार्ज गरिने सम्भावना रहेको अस्पताल स्रोतले जनाएको छ।

ओलीको फोक्सोमा पनि समस्या देखिएको र त्यसबारे जाँच सुरु गरिएको स्रोतको दाबी छ।

 

प्रकाशित मिति : कार्तिक १४, २०७६ बिहिबार  ५ : ४९ बजे