सुनको मूल्य हालसम्मकै उच्च



काठमाडौं । स्थानिय बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

आज सून तोलामै २२ सय रुपैयाँले बढेको हो ।यो हालसम्मकै उच्च मूल्य हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य दुई लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भैईरहेको छ ।

त्यसैगरी, चाँदी तोलामा ८० रुपैयाँ घटेको छ ।गत शुक्रबार तीन हजार ९०५ रुपैयाँ रहेको चाँदी आज तीन हजार ८२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : मंसिर २८, २०८२ आईतबार  ११ : २५ बजे