सांसद गौतम सिंहदरबार गएको बेला डेराबाट नगदसहित गरगहना चोरी



काठमाडौं, १५ कात्तिक –

काठमाडौंको डेराबाट संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमको दिनहाहाडै चोरी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित गौतमको डेरामा बुधबार दिउँसो चोरी भएको हो ।

गौतम सिंहदरबार गएको र उनकी पत्नी कार्यालय गएको बेला घरको मूल ढोकाको ताल्चा फुटाएर नगद तथा गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो दुईदेखि ४ बजेको बीचमा चोरी भएको गौतमको भनाइ छ । उनले घरबाट चोरले अढाइ तोला सुनका गहना, चाँदीको थाली र १ लाख ५ हजार नगद चोरी गरेको जनाए ।

प्रकाशित मिति : कार्तिक १५, २०७६ शुक्रबार  ६ : ५४ बजे