काठ्माण्डौ-
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले प्रहरी आफै सत्तको पिछलग्गु भएको आरोप लगाएका छन ।
अध्यक्ष बस्नेतले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल तरुण दल नेपालगञ्ज नगरका सभापति सन्दीपजंग शाहसहित छ जनालाई प्रहरीले विनाकारण पक्राउ गरेको घटनाको छानबिन गर्न समेत माग गरेका छन ।
प्रहरीले बिहीबार बेलुकी साढे ८ बजे नगर अध्यक्ष शाहसँगै दिनेशकुमारी शाही, राघव शाह, पृतम थापा, माधव नेपाली र यामबहादुर बुढामगरलाई कोहलपुरको नमस्ते भिलेज रिसोर्टबाट पक्राउ गरेको थियो ।
प्रहरी आफैँले लगेको हतियार सन्दीपजङ्ग शाहको गाडीबाट बरामद भएको भन्दै झुठो प्रचार गरेको अध्यक्ष बस्नेतद्वारा शुक्रबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
बाँके प्रहरीले सन्दीपजङ्ग शाहको गाडीबाट बरामद गरेको भनिएको हतियारको ‘फिङ्गर प्रिन्ट’ जाँच गरेर सत्यतथ्य बाहिर ल्याउन अध्यक्ष बस्नेतको माग छ ।
‘हाम्रो सदासयता र धैर्यतालाई बेवास्ता गरिएमा वर्तमान सरकार र यसका मतियारहरूलाई यसको गम्भीर मूल्य चुउकाउनुपर्नेमा चेतावनी दिन चाहन्छौँ’, अध्यक्ष बस्नेतले बिज्ञप्तिमा भनेका छन् ।











