काठमाडौं । नेपाल वुड इन्टेरनेशनल एक्स्पो तथा नेपाल फर्निचर एक्स्पो २०२५’ आजदेखि सुरु भएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि सुरु भएको हो ।
काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको उक्त प्रदर्शनी पौष ६ गतेसम्म सञ्चालन हुनेछ ।
प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूसँग सम्बन्धित स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्राण्डहरूका १०० भन्दा बढी स्टलहरू रहेका छन् ।














