काठमाडौं –
उपनिर्वाचनमा पार्टीको उम्मेद्वार टुंगो सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार (आज) बस्दै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलि र अर्का अध्यक्ष पुष्पकमल दाहाल बिचको छलफल पछी बैठक बोलाईएको बताइएको छ ।
नेकपाले प्रतिनिधिसभा, प्रदेशसभा र उपमहानगरपालिकाका मेयर उम्मेदवार केन्द्रबाट तय गर्नेछ भने गाउँपालिका अध्यक्ष उपाध्यक्ष प्रदेश कमिटीले र वडा अध्यक्षको उम्मेद्वार जिल्ला कमिटिले छनौट गर्ने मापदण्ड बनाएको छ।










