काठमाडौं
जिल्ला अदालत काठमाडौंले जर्बजस्ती करणी उद्दोगको अभियोगमा अनुसन्धानका लागि झण्डै एक महिना प्रहरी नियन्त्रणमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउने आदेश गरेको छ।
सोमबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले महरालाई र्पुपक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।अदालतको यस्तो आदेश सगै अब मुद्दाको अन्तिम किनारा नलाग्दासम्म महराले जेलमा नै बस्नुपर्ने भएको छ।
महराको पक्षमा आइतबार र सोमबार गरी ३२ जना वकिलले बहस गरेका थिए।महरा पक्षका कानुन व्यवसायीहरुले रोशनीमाथि बलात्कारको प्रयास नगरेकाले साधारणा तारेखमा छुट्नुपर्ने माग गरेका थिए।
महराले आफूविरुद्ध लागेको जर्बजस्ती करणी उद्दोगको अभियोग अस्वीकार गर्दै बयान दिएका थिए ।
सोमबार इजलाशमा महरामाथि किटानी जाहेरी दिने रोशनी शाहीसमेत उपस्थित थिइन् । उनले पनि महराको बचाऊ गरिन् । तर, अदालतले महरालाई र्पुपक्षका लागि थुनामा पठायो ।
यसअघि बन्द इजलाशमा महराले घटनामा प्रहरीले जुटाएको भनिएको प्रमाणलाई समेत झुटो भनेका थिए ।
अदालतको आदेश पछी महरालाई डिल्लीबजार कारागार लैजाने तयारी गरिएको छ ।








