काठ्माण्डौ-
नेपाल तरुण दलले भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक परेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै नेपालको माटो भारतले आफ्नो नक्सामा मिसाएको भन्ने तीन करोड नेपाली जनताको आत्मामा चोटपुग्ने विषय आउँदा समेत राष्ट्रवादी भनिने केपी ओली नेतृत्वको सरकार मौन बस्नु दुखदायी भएको भन्दै अध्यक्ष बस्नेतले सरकारको आधाकारिक धारणा सार्बजनिक गर्न माग गरेका छन ।
अध्यक्ष बस्नेतले उक्त नक्सा सच्याउने कुटनितिक प्रयत्न थाल्न पनि सरकारसग माग गरेका छन् ।









