काठ्माण्डौ-
भारतले लिम्पियाधुरादेखि लिपुलेकसम्म नेपाली भूमिलाई आफ्नो नक्सामा समावेश गरेको बिरुद्धमा नेपाल बिद्यार्थी संघले प्रदसनी मार्गमा बिरोध जनाएको छ ।
प्लेकार्ड सहित निस्केको जुलुसले सरकार र भारतका बिरुद्ध नारा लगाउदै पदमोदय मोड देखि भिर्कुटिमन्डप सम्म पुगेर १५ मिनेट सभागृह चोकमा यातायात अवरुद्ध सङ्गै कोणसभा गरेर समापन गरेको छ।
कोण सभालाई सम्बोधन गर्दै नेबिसंघका निबर्तमान उपाध्यक्ष सागर परियारले सरकारको राष्ट्रवाद खोक्रो साबित भएको भन्दै सरकारको आलोचना गरे ।
नेबिसंघ आर आर क्याम्पसका अध्यक्ष सजिंब ढकालको संयोजकत्वमा नेबिसंघले प्रदर्शन गरेको हो ।
आन्दोलानमा जनप्रशासन क्याम्पसका स्वबियु सभापति पकंज क्षेत्री, मोर्गनका अध्यक्ष शिशिर दवाडी, विद्यार्थी नेता हरु कमल तिमिल्सिना ,शिवहरी तिमिल्सिना, प्रबिण जङ कार्की, सुर्य अर्याल ,अनुराग शाह, निलम तिमिल्सिना लागएको उपस्थित थियो।










