न्यू सञ्चार्, पोखरा-
आसन्न उपनिर्वाचनमा कांग्रेस कास्किका उमेदवार खेमराज पौडेलले देशमा कांग्रेसको नेतृत्व चाहिएको बताएका छन ।
बिहीबार मनोनयन दर्ता गराएपछि कांग्रेस क्षेत्र नं . २ ले आयोजना गरेको क्षेत्रीय सभामा बोल्दै पौडेलले कांग्रेसले नजिते सम्म मुलुकको अवस्था नसुध्रीने दाबी गरेका हुन ।
पौडेलले जनताले पनि देशमा कांग्रेसको नेतृत्व चाहेकोमा जोड दिए ।यसअघिका चुनावमा भएका गल्ती नदोहोर्याउने र चुनाव जित्नको लागि एक भएर अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाई थियो ।
नेपाली कांग्रेस एक्जुट भएको र कांग्रेस प्रती जनाताको आकर्षण समेत बढिरहेकोले कास्किमा नेपाली कांग्रेसले जित्ने निश्चित रहेको पौडेलको दाबी थियो ।
शभामा कास्की कांग्रेसका नेताहरु शुक्रराज शर्मा, महादेव गुरुङ, २०७४ को निर्वाचनमा उक्त क्षेत्रबाट कांग्रेसका उम्मेदवार देवराज चालिसे, प्रदेश सभा सदस्य विन्दुकुमार थापा लगायतले समेत आ- आफ्नो धारणा राख्दै यो चुनावमा कांग्रेसको जीत सुनिश्चित रहेको दाबी गरे।
शभा हुनु अघी नेपाली काँग्रेसका उप-सभापति बिमलेन्द्र निधि, पूर्वमन्त्री यज्ञबहादुर थापा लगायतका नेताहरु तथा कार्यकर्ताहरुको -याली सहित कांग्रेस कास्किका उमेदवार खेमराज पौडेलको उम्मेद्वारी दर्ता गरिएको थियो ।
कास्की निर्बाचनमा नेकपाका तर्फबाट पूर्व पर्यटनमन्त्री रबिन्द्र अधिकारीकी धर्मपत्नी बिधा भट्टराइ, साझा पार्टीबाट रजनी केसी, बिबेकशील बाट जमुना शर्मा,देशभक्त समाज पार्टीबाट बिर बहादुर बिक, राप्रपाबाट रोमबहादुर भण्डारी, स्वतन्त्रमा कमलजंग कुँवर लगायत उम्मेद्वार रहेका छन ।








