भारतिय प्रधानमन्त्री मोदिको पुत्ला जलाउने क्रममा नेविसंघका नेताहरु पक्राउ



काठ्ण्माण्डौ-

भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई समेटिएकोमा विरोध प्रदर्शन गर्ने क्रममा नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघका नेताहरु पक्राउ परेका छन ।

पक्राउ पर्नेहरुमा लक्षमण पन्थि,तारा बहादुर थापा,निराजन पौडेल्,भुपेन्द्र लामा, धर्मा राज ओलि,नेविसंघ एनआर क्याम्पसका अध्यक्ष प्रेम जि सि लगायत छन ।

काठ्ण्माण्डौ स्थित भारतिय दुताबास अघाडी नाराबाजी सहित भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला जलाउने क्रममा उनिहरुलाई पक्राउ गरिएको नेविसंघका नेता रबिन गौतमले न्यू सञ्चारलाई बताए ।

नेपाली भुभाग कालापानी र लिपुलेकलाई भारतिय नक्सामा समेटिएकोमा हाल देशैभरी प्रदर्शनहरु भइरहेका छन ।

नेपाली काँग्रेसका भ्रातृ संगठनहरु नेविसंघ र नेपाल तरुण दलले नेपाली भुभाग भारतले फिर्ता गर्नुपर्ने माग राखेर लगातार प्रदर्शन गर्दै आएका छन ।

प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार  १ : ३४ बजे