नेकपा विप्लव समूहका जाजरकोट इञ्चार्ज ओलि कोहलपुरबाट पक्राउ



जाजरकोट–

प्रतिबन्धित नेकपा विप्लव समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् ।

नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति कोहलपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनलाई चन्दा आतङ्क, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोपमा प्रहरिले खोजी गरी रहेको थियो ।

प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार  ६ : ०८ बजे