माइतीघरमा नेविसंघको नाराबाजी – ‘गो ब्याक इण्डिया, गो ब्याक चाइना



काठ्माण्डौ-

लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतले सिमा मिचेको बिरोधमा काठ्माण्डौको माइतिघरमा नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

प्रदर्शनमा उत्रेका बिधार्थिहरुले नेपाली भूमि चाँडो फिर्ता गर्नु पर्ने मागसहितका नारा लगाएका छन्। उनिहरुले सिमाना मिचिदा पनि सरकारले वास्ता नगरेको आरोप लगाएका छन ।‘ब्याक अफ इन्डिया’ लेखेका ब्यानर सहित ठुलो सङ्ख्यामा बिधार्थीहरु प्रदर्शनमा सहभागी रहेका थिए ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ ।माइघरमा नाराबाजीसहित दोस्रो पटक फन्को लगाउन थालेपछि प्रहरीले उनीहरुले रोकेको थियो ।त्यस क्रममा प्रहरी सगको झडपमा केहि बिधार्थिहरु घाइते भएको नेविसंघका नेताहरुले बताएका छन ।

प्रदर्शनमा भएकाे प्रहरी हस्तक्षेपकाे नेविसंघले विराेध गरेकाे छ ।

प्रकाशित मिति : मंसिर १, २०७६ आईतबार  ९ : ३७ बजे