विराटनगर-
नेपाली काँग्रेसका महामन्त्री डा .शशाङ्क कोइरालाले देशका विभिन्न स्थानमा भइरहेको उपनिर्वाचनमा नेपाली काँग्रेसप्रती समर्थन बढिरहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै महामन्त्री कोइरालाले निर्बाचन प्रचार प्रसारका क्रममा जनाता कांग्रेसप्रती आकर्षित देखिएकोले कांग्रेसका नेता कार्यकर्ताहरु समेत उत्साहित देखिएको बताएका हुन ।
महामन्त्री कोइरालाले भ्रष्टाचार र दलालतन्त्रको संरक्षक बनेको बर्तमान सरकारलाई जनताले मतदान मार्फत उत्तर दिने समय आएको समेत उल्लेख गरे ।कांग्रेसले नजिते देशमा पुन राजनितिक अस्थिरता बढ्न सक्ने र त्यसले मुलुकको बिकाश र सम्बृद्दीलाई पुन पछी धकेल्नेतर्फ सचेत रहन सबैलाई आग्रह गरे ।
नेपाली कांग्रेस लोकतन्त्र , बिकाश र सम्बृद्दी तथा सामाजिक न्याय र एकताको पक्षमा सधै उभिएको स्मरण गर्दै महामन्त्री कोइरालाले कांग्रेसलाई मतदान गर्न पनि सबैलाई आग्रह गरे ।
फरक प्रसङ्गमा कुरा गर्दै कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हामी आफ्नो भूभागको एक इन्च पनि नछाड्ने भनी प्रतिबद्धता जनाएकामा धन्यबाद दिएका छन ।
प्रधानमन्त्रीले प्रतिबद्धता जनाए पनि सरकारबाट ब्यबहारमा त्यही अनुरुपको कुटनितिक प्रयत्न पनि होस भन्ने आफुले चाहेको बताए ।
सञ्चारकर्मिहरुको प्रश्नको उत्तर दिदै महामन्त्री कोइरालाले नेपाल विद्यार्थी सङ्घमा अब हुने अधिवेशनपछि मात्र उमेरको हद लागू हुने बिधान रहेकोले त्यसै अनुरुप हुने पनि जानकारी गराए ।








