काठमाडौं –
काँग्रेस नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्र प्रमुख कि नेकपाको प्रमुख भन्दै प्रश्न गरेका छन् ।
बुधबार बिहान नेकपाको बैठकले मन्त्रीमण्डल पुनर्गठनबारे छलफल गर्नुअघि प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको प्रती इंकित गर्दै थापाले सामाजिक सञ्जाल ट्विटर मार्फत प्रश्न उठाएका हुन ।
युबा नेता थापाले संविधानत:राष्ट्रप्रमुखलाई पार्टी राजनीति गर्ने अधिकार नभेको उल्लेख गर्दै राष्ट्रपति संस्था हाे भनेर कहिल्यै बुझ्न नचाहेको र राष्ट्रपति संस्थाको गरिमा राख्न समेत नसकेको टिप्पणी गरेका छन ।
प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै थापाले गणतन्त्र ल्याउन नचाहनेहरुले गणतन्त्रमा राष्ट्रपति संस्था हो भन्ने नबुझेको टिप्पणी गरेका छन ।
यस्तै हो भने राष्ट्रपतिज्यूलाई 'तपाईं राष्ट्र प्रमुख की नेकपाकाे प्रमुख' भनेर किन नसाेध्ने? संविधानत:राष्ट्रप्रमुखलाई पार्टी राजनीति गर्ने अधिकार छैन।
गणतन्त्र ल्याउन नचाहनेहरुले नत गणतन्त्रमा राष्ट्रपति संस्था हाे भनेर कहिल्यै बुझ्न चाहे न त त्यो संस्थाको गरिमा राख्न नै! https://t.co/EjPxJw1ScW— Gagan Thapa (@thapagk) November 20, 2019














