काठ्माण्डौ-
नेकपा प्रदेश नं. २ का अध्यक्ष प्रभु साहले मन्त्रिपरिषद् पुनर्गठनले लज्जित भएको टिप्पणी गरेका छन्।
बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रिमण्डल पुनर्गठनका बारेमा सामाजिक सञ्जाल फेस बुक मार्फत उनले एस्तो प्रतिक्रीया ब्यक्त गरेका हुन ।
कार्यसम्पादनका आधारमा मंत्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्तत गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा मंत्रिपरिषद पुनर्गठन गरेको नेता शाहले आरोप लगाएका छन ।
योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्य भन्दै उनले प्रधानमन्त्री ओलिलाई व्यंग्य समेत गरेका छन ।
नेतृत्वले फेरी एक चोटी लज्जित बनाएको उनले टिप्पणी गरेका छन ।









