उप निर्बाचनमा सरकारले सत्ता दुरुपयोग गरेकोमा कांग्रेसको आपत्ती



काठ्माण्डौ-

नेपाली कांग्रेसले मङ्शिर १४ मा हुन लागेको उप निर्बाचनका क्रममा आचारसंहिता विपरित सरकार सत्ताको दुरुपयोग गरेको बताएको छ ।

कांग्रेसले गठण गरेको उपनिर्वाचन २०७६, अनुगमन तथा निर्वाचन आयोग समन्वय समितिका संयोजक रमेश लेखकले बिहिबार पार्टी केन्द्रिय कार्यलयमा पत्रकार सम्मेलन गर्दै सरकारले आचारसंहिता विपरित सत्ताको दुरुपयोग गरी उप–निर्वाचनलाई प्रभावित गर्ने काम भइरहेको बताएका हुन । ।

नेता लेखकले उप–निर्वाचन हुने स्थानहरुमा सरकार र सो सम्वद्ध पार्टीका सार्वजनिक पद धारण गरेका व्यक्ति निर्वाचन प्रचार प्रसारमा लाग्ने, विभिन्न स्थानमा पूर्व कार्यक्रममा नभएका नयाँ योजना, कार्यक्रम दिने, त्यस्ता आश्वासन दिने, बजेट दिने, अवाञ्छित क्रियाकलाप गरी मतदातालाई प्रभावित पार्ने लगायतका क्रियाकलाप भएको स्पष्ट पारेका छन ।

आचार संहिता विपरितका गतिविधिहरु नगर्न आग्रह गर्दै नेता लेखकले गर्दछौं ।

आचारसंहिता विपरित हुने गरेका क्रियाकलाप रोक्न तदारुकताका साथ कार्य गर्न निर्वाचन आयोगको ध्यान आकर्षण समेत गराएका छन ।

प्रकाशित मिति : मंसिर ५, २०७६ बिहिबार  १२ : ०८ बजे