मन्त्रिपरिषद् पुनर्गठन र मन्त्री चयनमा राष्ट्रपतिलाई सहभागी गराइएकोमा भीम रावलको आक्रोश



काठ्माण्डौ-

नेकपा नेता भीम रावलले मन्त्रिपरिषद् पुनर्गठन र मन्त्री चयनमा राष्ट्रपतिलाई राजनीतितिक रुपमासहभागी गराइएको भन्दै आक्रोश पोखेका छन्।

नवनियुक्त मन्त्रीलाई ट्वीटरमा बधाइ दिदै उनले विभिन्न चार वटा सवाल उठाएर असन्तुष्टि सार्वजनिक गरेका हुन्।सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रीया ब्यक्त गर्दै  संवैधानिक राष्ट्रपतिलाई विवादमा ल्याउने काम गरेर इमानदार नेता र कार्यकर्ताले सोच्न नसक्ने काम गरेको रावलले आरोप लगाएका छन ।

नेता रावलले संविधानको समानुपातिक र न्यायको मर्मलाई बिर्सेको समेत प्रसङ्ग उठाएका छन ।

संविधान निर्माणमा अवरोध गर्ने र कम्युनिष्ठ पार्टिको उच्छित्तो काढ्नेहरूलाई नै संघीय मामिला र सामान्य प्रशासन एवं कानून, न्याय र संसदीय मामिला मन्त्री किन बनाइयो नेता रावलले प्रश्न गरेका छन ।

सामाजिक सञ्जाल ट्विटरमा नेता रावलले विभिन्न चार वटा सवाल उठाएर असन्तुष्टि सार्वजनिक गरेका छन ।

प्रकाशित मिति : मंसिर ५, २०७६ बिहिबार  १ : ३९ बजे