पोखरा :
कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको चुनाव प्रचारको क्रममा कांग्रेसले पोखरामा बिशाल जुलुस प्रदर्शन सहित प्रचार प्रसार गरेको छ ।
पोखरा कांग्रेसको कार्यालय चिप्लेढुंगाबाट शुरु भएको जुलुश न्युरोड हुँदै पृथ्वीचोकसम्म पुगेको थियो।

जुलुशमा कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला,नेताहरु रामशरण महत, शेखर कोइराला, डा . मिलेन्द्र रिजाललगायत शीष नेता भोट माग्दै पोखराको चिप्लेढुंगाबाट न्युरोड हुँदै पृथ्वीचोकसम्म पुगेका थिए ।
जुलुशछी शीर्ष नेताको सहभागितामा पोखराका विभिन्न पाँच ठाउँमा कोणसभा भएको थियो।
कोणसभा मार्फत सबै नेत्रहरुले लोकतन्त्र सुशासन र बिकाशका लागी कांग्रेसलाई मतदान गर्न आह्वान गरेका छन ।

तेस्तै नेपाल तरुण दल कास्की–२ ले आयोजना गरेको चुनावीसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सादगी नेता खेमराज पौडेललाई मत दिएर जिताउन आग्रह गरे । सज्जन, सदाचारी, इमान्दारीताको पर्याय भएकोले खेमराज पौडेलालाइ जिताउनुपर्ने नेता थापाको भनाइ थियो ।








