काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ ।
आज तोलामा ५ हजार ४०० रुपैयाँले घटेको हो ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तीन लाख सात हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य १४० रुपैयाँले घटेर तोलाको पाँच हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।














