काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २३.८३ अंकले बढेर २ हजार ९६०.४० विन्दुमा बन्द भएको हो।
आज ३ करोड ५८ लाख २२ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा बैंकिङ शून्य दशमलव ६७, विकास बैंक एक दशमलव ३८, वित्त शून्य दशमलव ५१, जलविद्युत् एक दशमलव ३२, लगानी शून्य दशमलव ११, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८६, म्युचुअल फन्ड शून्य दशमलव २५ र व्यापार समूह नौ दशमलव १२ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ। जलविद्युत् शून्य दशमलव १७, जीवन बीमा शून्य दशमलव ३७, लघुवित्त शून्य दशमलव ४६, निर्जीवन बीमा शून्य दशमलव ३८ र अन्य समूह शून्य दशमलव १६ प्रतिशतले घटेको छ।
आज १३६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ११ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।














