काठ्माण्डौ-
उपनिर्बाचन नजिकिदै गर्दा प्रतिनिधिसभाका एक र प्रदेशसभाका तीन गरी चार सांसदका लागि हुने निर्वाचन क्षेत्र र बिभिन्न गाउपालिका र वडा निर्बाचन क्षेत्रहरुमा कांग्रेसको पक्षमा माहोल राम्रो बन्दै गएको छ ।
बर्तमान सरकार सगको अशन्तुष्टीका कारण कांग्रेसप्रती जनताको झुकाब बढ्दै गएको हो । प्रतिनिधिसभाका एक र प्रदेशसभाका तीन गरी चार सांसदका लागि हुने निर्वाचनमा कांग्रेसले ४ ओटै स्थानमा जित्ने सम्भावना प्रवल रहेको विभिन्न तथ्याङ्कहरुले देखाएका छन् ।
नेकपाले दिएको राजनितिक स्थिरता र समृद्धिको नारा ब्यबहारिक रुपमा झुट साबित हुँदै गए पछी निर्बाचनमा कांग्रेसप्रती आकर्षण बढ्दै गएको पाइएको छ ।
नेकपामा टिकट वितरणलाई लिएर बढेको असन्तुष्टी का कारण पनि नेकपाको चुनाबी प्रचार प्रसार समेत फितलो देखिएको छ ।नेकपाका स्थानीय नेता कार्यकर्ताहरुले निर्बाचन जिताउन जागर नचलाएका खबरहरु आइरहेका छन । असन्तुष्ट नेताहरुले ठाउ ठाउमा बागी उम्मेदवारी समेत दिएका छन् ।
यसै बिच चुनावको मुखैमा बिभिन्न नेकपाका हजारौ कार्यकर्ता हरु नेकपा छोडेर कांग्रेसमा प्रबेश गरेका छन ।
कास्कीको बाटुलेचौरमा कास्कीका बाम बुद्धिजीवी माधव पराजुलीसहित दर्जनौं कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन्।उनिहरुलाई केन्द्रीस्य सदस्य गगन थापाले उनीहरुलाई काँग्रेसमा स्वागत गरे।

कांग्रेसमा प्रवेश गरेका वामपन्थी नेता माधवप्रसाद पराजुलीले विपिको प्रजातान्त्रिक समाजवाद अंगीकार गर्दै अघि बढ्नका लागि आफू नेपाली कांग्रेसमा प्रवेश गरेको बताए ।
हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ र ३ का २६ परिवार पुरै नेकपाका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। मंसिर १४ गते खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको छ । हुम्लामा कांग्रेस प्रवेश गर्ने नेकपाका कार्यकर्तालाई कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीले स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरे ।

तेस्तै मेयर पदको निर्बाचन हुन लागेको धरान मा पुर्व माओवादीका जिल्ला सदस्य प्रेम बहादुर लकान्द्री सहित पुर्व माओवादीका १ सय भन्दा बढि स्थानीय कार्यकर्ताहरु बुधवार नेपाली कांग्रेश पार्टी प्रबेश गरे ।धरानमा ठुलो सङ्ख्यामा तरुण युबाहरु समेत प्रबेश गरेका थिए ।पूर्वएमालेको भातृ संगठन युवा संघ नेपालका तत्कालीन धरान १६ वडा कमिटीका अध्यक्ष गौतम खालिङसहित ५५ भन्दा बढी स्थानय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरे ।
धरान–१७ बाट करिब ५० भन्दा बढी पूर्व माओवादीका स्थानीय कार्यकर्ता सहित १ सय स्थानीय बिहीबार कांग्रेसमा प्रवेश गरेका छन् ।

१७ नम्बर वडाको डाँडाघोपाका पूर्व माओवादीका नेता राजेश घिसिङ, ईन्द्रेणी मार्ग टोल विकासका अध्यक्षपूर्व माओवादीका नेता ईन्द्रबहादुर राई, माओवादीका पूर्व लडाकु समेत रहेका माओवादी निकट अखिल नेपाल सुकुम्बासी मञ्चका अध्यक्ष सूर्यबहादुर तामाङको नेतृत्वमा विभिन्न टोलबाट युवा सहित पाका उमेरका वडाबासी नेपाली कांग्रेसमा गरे ।
तेस्तै बागलुङको निसिखोला गाउँपालिका–७ राजकुटमा विभिन्न पार्टी परित्याग गरि १०० जना नेपाली कांग्रेसका प्रवेश गरे । उनिहरुलाई नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृण्णप्रसाद सिटौला र केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टिको साधारण सदस्यता दिदै स्वागत गरे ।

चुनाव नजिकिदै गर्दा भक्तपुरमा पनि नेकपा परित्याग गरी थुप्रै कांग्रेसमा प्रवेश गरेका छन् ।








