काठमाडाैं। सामसङ नेपालले नयाँ वर्ष २०८३ को अवसरमा २४ महिनासम्मको एक्स्टेन्डेड ईएमआई योजनाअन्तर्गत पक्का उपहार तथा आकर्षक छुटसहित स्मार्ट घर, स्मार्ट सुरुआत’ अभियान घोषणा गरेको छ।
अप्रिल १ देखि मे १४, २०२६ सम्म लागु रहने यस अफरमार्फत ग्राहकले सामसङका नयाँ टीभी र होम उपकरणहरूसँग वर्षको सुरुआत अझ स्मार्ट ढंगले गर्न सक्नेछन् । विश्वकै नम्बर १ भिजन एआई टीभी तथा बिस्पोक एआई होम उपकरणहरूमा उपलब्ध विशेष अफरहरूले जीवनशैलीलाई सहज बनाउँदै घरलाई अझ आधुनिक बनाउने लक्ष्य राखिएको छ ।
यस अभियानअन्तर्गत टीभीमा अधिकतम २५ प्रतिशतसम्म, वाशिङ मेसिनमा २३ प्रतिशतसम्म र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ ।
कम्पनीका अनुसार, क्यूएलईडी टीभी ‘५५–६५ इन्च’ मा २५ प्रतिशतसम्म छुटसहित १२ महिनासम्म निःशुल्क नेटटीभी प्याकेज छ । यूएचडी टीभी ‘४३–६५ इन्च’ मा २० प्रतिशतसम्म छुटसहित १२ महिनासम्म निःशुल्क नेटटीभी प्याकेज उपलब्ध हुनेछ ।
एफएचडी टीभी (४२ इन्च) मा ७ प्रतिशतसम्म छुटसहित ६ महिनासम्म निःशुल्क नेटटीभी प्याकेज र एचडी टीभी (३२ इन्च) मा २५ प्रतिशतसम्म छुटसहित ६ महिनासम्म निःशुल्क नेटटीभी प्याकेज उपलब्ध रहेको छ ।
त्यसैगरी, एआई इकोबबल वाशर ड्रायर (९–११ केजी) मा २३ प्रतिशतसम्म छुटसहित सर्फ एक्सेल म्याटिक उपहार पाइनेछ ।
एआई इकोबबल फ्रन्ट लोड (९–११ केजी) मा २० प्रतिशतसम्म छुटसहित सर्फ एक्सेल म्याटिक उपहार छ ।
फुल्ली अटोमेटिक टप लोड (८ केजी) मा १३ प्रतिशतसम्म छुट र सेमी अटोमेटिक टप लोड (७ केजी) मा १२ प्रतिशतसम्म छुट उपलब्ध छ ।
रेफ्रिजरेटरतर्फ एसबीएस (७०० लिटर) मा ११ प्रतिशतसम्म, ५ इन १ (३५०–४९५ लिटर) मा १६ प्रतिशतसम्म, डबल डोर (२५३–३७५ लिटर) मा १७ प्रतिशतसम्म र सिंगल डोर (१९२–२३ लिटर) मा १५ प्रतिशतसम्म छुट प्रदान गरिएको छ ।
यस अफरलाई अझ आकर्षक बनाउन टीभी खरिदमा १२ महिनासम्मको नेटटीभी प्याकेज निःशुल्क उपलब्ध गराइएको छ ।
वाशिङ मेसिन खरिद गर्दा ६ केजी सर्फ एक्सेल म्याटिक पक्का उपहारका रूपमा पाइनेछ । नयाँ २४ महिने ईएमआई योजनाले प्रिमियम टीभी र होम उपकरणहरूलाई अझ बजेटमैत्री बनाएको छ ।
जसअन्तर्गत ५० हजार रुपैयाँभन्दा माथिका उपकरण ४० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न सकिनेछ ।
हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवाबाट १२ महिने ईएमआईमा ० प्रतिशत ब्याजदरमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । २४ महिने ईएमआईमा ७.९९ प्रतिशत अतिरिक्त ब्याज लाग्नेछ ।
साथै, ग्राहकहरूले आर्कोस्टोर वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरमार्फत आफ्ना पुराना उपकरण एक्सचेन्ज गरी नयाँ उपकरण लिन सक्नेछन् । थप जानकारीका लागि नजिकको अधिकृत सामसङ स्टोरमा सम्पर्क गर्न सकिनेछ ।














