सुनचाँदीको मूल्य स्थिर



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य तोलमा २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार सुनको मूल्य तोलामा दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य ४ हजार ८३० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य ४ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : चैत्र २२, २०८२ आईतबार  १२ : ०७ बजे