काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ ए सिरिज अन्तर्गत ग्यालेक्सी ए–५७ फाईभजी र ग्यालेक्सी ए–३७ फाईभजी सार्वजनिक गर्दै प्रि–अर्डर खुला गरेको छ ।
यी स्मार्टफोनको प्रि–अर्डर नेपालमा अप्रिल ५ देखि अप्रिल १८, २०२६ सम्म खुला रहने जनाइएको छ ।
सामसङ नेपालका वरिष्ठ निर्देशक प्रणयरत्न स्थापितका अनुसार नयाँ ए सिरिजले कृत्रिम बुद्धिमत्ता प्रविधिलाई सबै प्रयोगकर्तासम्म पुर्याउने लक्ष्य राखेको छ।असम इन्टेलिजेन्स’ फिचरसहित यी फोनहरूले दैनिक प्रयोगका लागि विश्वसनीय प्रदर्शन गर्ने कम्पनीको भनाइ छ । सामसङले २४ महिनासम्मको किस्ता सुविधा ‘ईएमआई’ मार्फत अत्याधुनिक प्रविधिलाई सहज रूपमा पहुँचयोग्य बनाइएको बताएको छ ।
नयाँ ग्यालेक्सी ए सिरिजमा वन यूआई ८.५ मार्फत सञ्चालन हुने उन्नत ‘असम इन्टेलिजेन्स’ सुविधा समावेश गरिएको छ । भ्वाइस ट्रान्सक्रिप्सनले रेकर्डिङ, कल र भ्वाइस मेललाई टेक्स्टमा रूपान्तरण गर्नेछ । एआई सेलेक्टले स्क्रिनमा देखिएका सामग्री सजिलै चयन गर्न सहयोग गर्नेछ ।
फोटो सम्पादनका लागि अब्जेक्ट इरेजर, फिल्टर र एडिट सजेसन जस्ता उपकरणहरू उपलब्ध छन्। ग्यालेक्सी ए–५७ फाईभजीमा ‘बेस्ट फेस’ र ‘अटो ट्रिम’ जस्ता थप विशेषता पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।
क्यामेरातर्फ, दुवै फोनमा ५० मेगापिक्सेल मुख्य क्यामेरासहित ट्रिपल क्यामेरा सेटअप रहेको छ । नाइटोग्राफी र सुधारिएको इमेज प्रोसेसिङ प्रणालीका कारण कम प्रकाशमा पनि स्पष्ट फोटो तथा भिडियो खिच्न सकिने कम्पनीले जनाएको छ । ग्यालेक्सी ए–५७ फाईभजीमा अझ राम्रो इमेज प्रोसेसिङ, छिटो शटर स्पीड र उच्च विवरण प्राप्त हुने सुविधा छ ।
डिजाइनतर्फ स्लिम बेजेल र आधुनिक स्वरूपका साथ प्रस्तुत यी फोनहरूमा ५ हजार एमएएच ब्याट्री राखिएको छ । सुपर एमोलेड डिस्प्ले र भिजन बुस्टरले उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्नेछ ।
सुरक्षातर्फ आईपी–६८ वाटर तथा डस्ट रेसिस्टेन्स, ६ वर्षसम्मको सुरक्षा अपडेट र अपरेटिङ सिस्टम अपग्रेड, साथै नक्स भल्ट, सेक्युरिटी ड्यासबोर्ड, प्राइभेट सेयरिङ र चोरी सुरक्षा जस्ता सुविधाहरू समावेश छन् ।
मूल्यतर्फ ग्यालेक्सी ए–५७ फाईभजीको १२ जीबीर२५६ जीबी भेरियन्ट ८९ हजार ९९९ र ८ जीबी र २५६ जीबी भेरियन्ट ८४ हजार ९९९ मा उपलब्ध हुनेछ।
त्यसैगरी ग्यालेक्सी ए–३७ फाईभजीको १२ जीबीर२५६ जीबी ७९ हजार ९९९, ८ जीबीर२५६ जीबी रु ७२ हजार ९९९ र ८ जीबीर१२८ जीबी रु ६४ हजार ९९९ निर्धारण गरिएको कम्पनीले जनाएको छ।
प्रि–अर्डर अफर अन्तर्गत ग्यालेक्सी ए–५७ फाईभजीमा रु ४ हजार बराबरको मेमोरी अपग्रेड र ग्यालेक्सी ए–३७ फाईभजीमा २५ सय बराबरको अपग्रेड सुविधा उपलब्ध हुनेछ । साथै २४ महिनासम्मको ईएमआई योजना एक हजार ७६४ मासिकबाट सुरु हुने बताइएको छ ।














