काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ ।
आज सुन प्रतितोला ७२ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार रुपैयाँ कायम भएको छ। हिजो दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि ८९३ रुपैयाँले बढेर प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।














