प्रधानमन्त्री ओलीको शल्यक्रिया सम्पन्न



काठमाडौं, १० मंसिर-

प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया भएको छ । एपेन्डिसाइटिस भएको खुलेपछि अस्पताल भर्ना गरी प्रधानमन्त्री ओलीको तत्काल शल्यक्रिया गरिएको हो ।

त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा रमेश सिंह भण्डारीको टोलीले शल्यक्रिया गरेको प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा अरुण सायमीले जानकारी दिए।

प्राधानमन्त्री ओलिले अस्पतालमा कति समय बस्नुपर्ने भन्ने भन्ने उनको स्वास्थ्यका अरु विवरण हेरेर निर्धारण हुने अस्पतालाले बताएको छ ।

प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार  ७ : ४४ बजे