प्रधानमन्त्री ओलिको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पताल पुगेका देउवाले ओलीलाई भेट्न पाएनन्



न्यू सञ्चार्, काठ्माण्डौ-

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षण अस्पताल महाराजगञ्ज पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन ।

प्रधानमन्‍त्री ओलीको स्वास्थ्य स्थिति बुझ्‍न अस्पताल पुगेका पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीलाई भेट्न  भने पाएनन् । संक्रमणको जोखिम हुनसक्‍ने बताउँदै ओलीसँग भेट्नका लागि तत्काल कठिन रहेको बताएपछि देउवा नभेटीकन फर्केका छन्।

देउवाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

आजै धरानमा भएको चुनावी सभामा सहभागी भएर काठमाडौं आइपुगेपछी सभापति देउवा  ओलीलाई भेट्न पुगेका हुन् ।

प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार  ७ : ५३ बजे