प्रचण्ड र बामदेव बोल्नु अघि पोखरामा नेकपाको चुनावी सभामा बम विस्फोट



न्यू सञ्चार,पोखरा-

कास्की २ को उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावसभा भइरहेको बेला सभा स्थल नजिकै नजिकै बम विस्फोट भएको छ ।

प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा उपाध्यक्ष बामदेव गौतम सम्बोधनका लागि उपस्थित रहेकै बेला उक्त ब्बिस्फोट भएको हो ।बिस्फोटका  नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेको बताइएको छ ।। विस्फोट भएको भएपनि नेकपाको कार्यक्रम भने रोकिएको छैन ।

विस्फोटमा परि पार्किङ गरि राखिएको बसमा क्षति पुगेको प्रहरीले जनाएको छ । विस्फोटबाट मानवीय क्षति केही नभएको र त्यसबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ।दिउँसो पौने एक बजे चुनावसभास्थलको पश्चिम कुनामा विस्फोट भएपछि केहीबेर होहल्ला र त्रास उत्पन्‍न भएको थियो।

गत मंसिर ९ गते सोमबार(अस्ति) पनि पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्षको घरमा घरमा पार्किङ गरि राखिएको गाडीमा विस्फोट भएको थयिो । मंसिर १४ गते कास्की क्षेत्र नम्बर दुईमा उपचुनाव हुँदैछ ।

प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार  ७ : ४१ बजे