काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार पनि घटेको छ ।बिहीबार १७.०१ अंकले घटेको हो ।
अघिल्लो दिन ७ अर्ब ८१ करोडको कारोबार भएकोमा आज जम्मा ५ अर्ब ९ करोडको कारोबार भएको छ ।
बैंकिङ ०.७७, विकास बैंक ०.०८, फाइनान्स १.०६, हाइड्रोपावर १.०५, लगानी ०.५३, जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.५३, निर्जीवन बीमा १.१९ तथा अन्य समूह ०.८५ प्रतिशत घटे ।२ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत मूल्य बढेका कम्पनीमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर छन् ।
आजको बजारमा कुल ४६ कम्पनीको सेयर मूल्य बढ्दा २१६ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।














