काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अघिल्लो दिनको तुलनामा १.५४ अंकले बढेर २ हजार ७८८ विन्दुमा पुगेको छ। लगातार चार दिनसम्म घटिरहेको बजारमा आज भने गिरावट रोकिएको हो।
आज कारोबार रकम सामान्य बढेको छ । हिजो ५ अर्ब ९ करोडको कारोबार भएकोमा आज ५ अर्ब २७ करोडको कारोबार भएको छ ।
बैंकिङ ०.२२, विकास बैंक ०.२२, होटल तथा पर्यटन ०.३२, हाइड्रोपावर ०.२५, उत्पादन तथा प्रशोधन ०.६६ तथा व्यापार ०.५८ प्रतिशत बढे ।अन्य समूह सबैभन्दा धेरै १.०२ प्रतिशत घट्यो । त्यस्तै निर्जीवन बीमा ०.०६, माइक्रोफाइनान्स ०.३५, जीवन बीमा ०.२६, लगानी ०.०२ तथा फाइनान्स ०.६२ प्रतिशत घटे ।तीन कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत मूल्य बढेका कम्पनीमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, शिखर पावर र माइखोला हाइड्रोपावर छन् । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको १२।६२ तथा श्रीनगर एग्रिटेकको ४.९१ प्रतिशत मूल्य बढ्यो ।
यस दिन ८७ कम्पनीको शेयर मूल्य बढ्दा १६८ कम्पनीको घटेको छ भने १४ कम्पनी स्थिर रहेका नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।














