महोत्तरीको पिपरा गाउँपालिकामा नेकपा उम्मेदवार चौधरीको घरमा बम विस्फोट : घरको पर्खाल र शौचालयमा क्षति



न्यू सञ्चार,महोत्तरी-

उपनिर्बाचन जकिकै आउँदा महोत्तरीको पिपरा गाउँपालिकाका नेकपा उम्मेदवार बिक्रम चौधरीको घर नजिकै बिहीबार अपरान्ह बम विस्फोट भएको छ ।

उपनिर्वाचनको तयारी हेर्न सोही स्थानमा प्रमुख जिल्ला अधिकरीसहित सुरक्षा निकायका जिल्ला प्रखुम पुगेकाे बेला ठूलो आवाजसहित विष्फोट भएको स्थानीयले बताएका छन् ।

विस्फोटबाट चौधरीको घरको पर्खाल र शौचालयमा क्षति पुगेको र  मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

छटना बिप्लब नेकपाले गराएको प्रहरिको आशङ्का छ ।घटनाबारे थप अनुसन्धान अघि बढाएको र जिल्लाको सुरक्षा अवस्था थप कडा बनाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : मंसिर १२, २०७६ बिहिबार  १ : ४७ बजे