झिनो अंकले घट्यो नेप्से, ३ अर्ब १९ करोडको कारोबार



काठमाडौँः बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ।

आज नेप्से परिसूचक १.६४ अंकले घटेर २ हजार ७११.२२ विन्दुमा बन्द भएको हो।

यसदिन ७१ लाख १३ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ३ अर्ब १९ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.१६, फाइनान्स ०.१९, होटल तथा पर्यटन ०.२२, लगानी ०.४०, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.१९ तथा अन्य ०.०३ प्रतिशत बढे । त्यस्तै विकास बैंक ०.५१, हाइड्रोपावर ०.४३, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.५६ र व्यापार समूह ०.२५ प्रतिशत घटे ।

आज १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। साथै, १५ कम्पनीको सेयरमूल्य स्थिर छ।

प्रकाशित मिति : बैशाख २३, २०८३ बुधबार  ४ : २४ बजे