पोखरामा मतदानस्थलमा पनि बम विस्फोट



कास्की-

कास्की क्षेत्र नं .२ को अर्को मदतानस्थलमा पनि बम विस्फोट भएको छ ।

पोखरा महानगरपालिका(१६ को दीप चण्डिका मतदानस्थल दिउँसो नजिकै बम विस्फोट भएको हो । विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको बताइएको छ ।

बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको थियो । अहिले अवस्था सामान्य भएको र मतदान सञ्चालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले मतदानस्थल नजिकै बम विस्फोट भए पनि यसमा कसको संलग्नता छ भन्ने नखुलेको जनाएको छ ।

यस्तै आजै बिहान अन्य ३ स्थानमा समेत बम बिष्फोट भएका छन । पोखरा ३३ भरतपोखरी स्थित सरस्वती टिका मावि, पोखरा ९ को नवप्रभात मावि र पोखरा १६ को शान्ति माविमा समेत विस्फोट भएको थियो ।

सबैभन्दा बढी क्षति नवप्रभात माविमा भएको छ। विद्यालयको कम्पाउण्डमा बम बिस्फोट भएपछि लाइनमा बसेमा मतदाता त्रसित भएका थिए। जसका कारण आधा घण्टा मतदान कार्य स्थगित भएको थियो। अहिले सुरक्षाअ ब्यबस्था कडा परिएको र मतदान जारी रहेको ब ताइएको छ ।

प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार  ९ : ११ बजे