पुर्नवास नगरपालिका–३ को वडाध्यक्षमा नेकपाका तामाङ विजयी



कञ्चनपुर-

कञ्चनपुरको पुर्नवास नगरपालिका–३ को वडाध्यक्षमा नेकपाका कृष्णबहादुर तामाङ विजयी भएका छन्।

उनी ५ सय २८ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिलबहादुर लामाले ३ सय १० मत पाएका छन्।

शनिबार सम्पन्न उपनिर्वाचनमा सो वडामा ९ सय २४ मत खसेको थियो।

 

प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार  २ : ०१ बजे