कास्की-
कास्की–२ मा ६ वटा वडाको मतगणना सकिँदा नेकपा उम्मेद्वार विद्या भट्टराईले १७ हजार ६ सय ४४ मत प्राप्त गरेकी छन्। नेपाली कांग्रेसका उम्मेद्वार खेमराज पौडेलले ९ हजार २ सय २४ मत पाएका छन्। यो नेकपा उम्मेद्वार भट्टराई भन्दा ८ हजार ४ सय २० मत कम हो।
पोखरा महानगरपालिकाका ३३, २०, २१, १५, १६ र १७ को मत गणना सकिँदा नेकपा उम्मेद्वार भट्टराईले कांग्रेस उम्मेद्वार पौडेल भन्दा ८ हजार ४ सय २० मत बढी ल्याएकी हुन्।
कास्की–२ को शनिबार भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको थियो। कास्की–२ को उपनिर्वाचनमा सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई र नेपाली कांग्रेसबाट खेमराज पौडेलसहित १९ जनाले प्रतिस्पर्धा गर्दै छन् ।
साझा पार्टीबाट रजनी केसी, विवेकशीलबाट जमुना शर्मा, समाजवादीबाट धर्मराज गुरुङ, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा, नेपाली कांग्रेस बिपीबाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ती पार्टीबाट पूर्णबहादुर राना, नेकपा मालेबाट टेकनाथ भण्डारी, मंगोल नेशनल अर्गानाइजेशनबाट रियाज गुरुङ, राप्रपा संयुक्त गंगा मल्ल, राप्रपा रोमबहादुर भण्डारी चुनावी मैदानमा छन् ।
पोखराको सहिद चोक स्थित जिल्ला समन्वय समितिको हलमा मतगणना भईरहेको छ ।








