धरानमा ७ सय ७ मतले कांग्रेस अघाडि



सुनसरी

धरान उपमहानगरपालिकामा कांग्रेस उम्मेदवारले अग्रता कायम राखेका छन्।

ताजा बिबरण अनुसार कांग्रेस उम्मेदवार तिलक राईले ७ सय ७ मतले नेकपाका उम्मेदवार प्रकाश राईलाई पछि पारेका हुन्।

हालसम्मको मत परिणामअनुसार कांग्रेसका राईले ११ हजार ८ सय २७ मत ल्याई अग्रता कायम गरेका छन्।

नेकपाका उम्मेदवार प्रकाश राईले ११ हजार १ सय २० मत प्राप्त गरी कांग्रेस उम्मेदवारलाई पछ्याइरहेका छन्।

प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार  ३ : १६ बजे