नागरिकता बिधेयक पारित भएपछी भारतमा बिरोध प्रदर्शन बढ्दै



काठ्माण्डौ, बिबिसिबाट-

भारतको संसद्ले  अफगानिस्तान , बाङ्ग्लादेश र पाकिस्तानबाट आउने गैरमुस्लिम आप्रवासीहरूलाई नागरिकता दिने प्रावधान भएको एउटा विधेयक पारित गरेपछी त्यसको प्रतिक्रीयास्वरुप भारत भरीनै बिरोध शुरु भएको छ ।

त्यहाँका मानिसहरू छिमेकी देश बाङ्ग्लादेशबाट आउने आप्रवासीको चेपुवामा आफूहरू पर्ने भन्दै आक्रोशित भएका छन्।त्रिपुरामा सेना परिचालन गरिएको छ। असामको राजधानी गुवाहाटीमा प्रहरी र प्रदर्शनकारीबीच भिडन्त भएको विवरण प्राप्त भएको छ।

सडक अवरुद्ध भएकाले आसामका मुख्यमन्त्री घण्टौँ विमानस्थलमा रोकिनुपरेको थियो।थप झडपहरू रोक्न भन्दै थुप्रै जिल्लाहरूमा इन्टरनेट र मोबाइल सेवा अवरुद्ध पारिएको छ।

आलोचकहरूले उक्त विधेयकलाई विभेदकारी भन्दै आएका छन्।

तर सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले धार्मिक आस्थाका कारण अन्य देशबाट भाग्नुपर्ने अवस्था भोग्ने व्यक्तिहरूलाई यस कानुनले संरक्षण प्रदान गर्ने बताएको छ।आलोचकहरूले उक्त विधेयक मुस्लिमहरूलाई सीमान्त पार्ने भाजपाको योजनाको अंश भएको आरोप लगाएका छन्।

विपक्षीहरूका भनाइमा धार्मिक आधारमा हुने त्यस्तो विभेदले भारतको संविधानमा उल्लिखित धर्मनिरपेक्षताको सिद्धान्तलाई उल्लङ्घन गरेको छ।

उनीहरूले नागरिकता प्राप्तिका लागि धार्मिक आस्थालाई मापदण्ड बनाउनु नहुने बताएका थिए।पूर्वोतत्तर भारतमा उक्त विधेयकको चर्को विरोध भएको थियो ।दिल्लीमा एक प्रदर्शनकारीले भने, मुस्लिमहरूमाथि त्यसै पनि अत्याचार भइरहेको छ। यसले उनीहरूलाई अझ कमजोर बनाउनेछ।

कांग्रेस पार्टीकी अध्यक्षा तथा विपक्षी नेत्री सोनिया गान्धीले विधयेक पारित भएको दिन संवैधानिक इतिहासकै कालो दिन भएको टिप्पणी गरेकी छन्।

एक विज्ञप्तिमार्फत् उनले भनिन्, यो भारतको अनेकताबीच सङ्कीर्णता र कट्टरपन्थी शक्तिको जित हो।

तर राज्यसभामा बोल्दै गृहमन्त्री अमित शाहले तीन देशमा धार्मिक प्रताडना खेपेका मानिसलाई नागरिकता दिन यो कानुन आएको बताए।

 

प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार  ९ : ३३ बजे