न्यू सञ्चार,काठ्माण्डौ-
हिजो एक्कासी बढेको सुनको भाउ शुक्रबार फेरी घटेको छ ।
बजारमा हिजो प्रतितोला ७१ हजार २ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ शुक्रबार प्रतितोला ४ सय रुपैयाँले घट्दै ७० हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला ७१ हजार २ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो बिहीबार भने तेजाबी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने हिजोकै मूल्यमा स्थिर रहेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन चादिको मुल्यमा भइरहने घटबढलाई सामान्य मान्ने गरिन्छ ।अहिले बिबाहको सिजन भएकोले मुल्य घटे पनि कारोबार बढ्ने ब्यबसायीहरुको अपेक्षा छ ।










