सहमतिका लागी शभापती देउबा पुगे पौडेल निबास बोहोराटार , बरीष्ठ नेता पौडेलले दोहोर्याए अडान



न्यू सञ्चार,काठ्माण्डौ-

पार्टीमा बढेको बिबाद मिलाउन छलफलका लागी कांग्रेस शभापती शेर बहादुर देउबा शनिबार बिहान उपसभापति विमलेन्द्र निधिलाई लिएर पार्टिका बरीष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटार पुगेका छन ।पार्टी भित्रको पछिल्लो परिस्थितिका बारेमा छलफल गर्न  सभापति देउवा उपसभापति विमलेन्द्र निधिलाई लिएर शनिबार बिहानै पौडेल निवास बोहोराटार पुगेका हुन् ।

दुइ नेता बिच पार्टिको आन्तरिक बिषयमा करीब १ घण्टा छलफल भएको बरीष्ठ नेता पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले न्यू सञ्चारलाई बताए ।

बिहीबार शुरु भएको भनिएको केन्द्रीय कार्यसमितिको बैठकमा शभापती देउबाले महाधिवेशनको कार्यतालिका ल्याउन अस्विकार गरेपछी बढेको असमझदारिका बिच पार्टी भित्र आन्तरिक सहमती खोज्न शभापती देउवा बरीष्ठ नेता पौडेलसँग कुराकानी गर्न पुगेका हुन् ।

पार्टीको स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेर मात्रै महाधिवेशनको कार्यतालिका ल्याउने शभापती देउबाको अडान प्रती पार्टिका बरीष्ठ नेता रामचन्द्र पौडेल , महामन्त्री डा. शशाङ्क कोइराला, कोषाध्यक्ष सितादेबी यादब्, नेता प्रकाश्मान सिंह, कृष्ण सिटौला ,डा रामशरण महत लगायतका नेताहरु र केन्द्रिय सदस्यहरुले असहमती राखेपछी बढेको असमझदारी घटाउन शभापती देउवाले अग्रसरता लिएको बताइएको छ ।

शनिबारको छलफलमा पनि दुबै नेताले आ- आफ्नै अडान दोहोर्याए पछी कुनै ठोस सहमती बन्न नसकेको बताइएको छ ।शनिबारको भेटघाटमा बरीष्ठ नेता पौडेलले शभापती देउबालाई महाधिवेशन कार्यतालिका छलफलमा ल्याउन आग्रह गरेपनी तत्काल सहमती बनी नसकेको र महाधिवेशन कार्यतालिकामाथी छलफल कसरी शुरु गर्ने भन्ने निर्क्योल गर्नका लागी पार्टिका उपसभाति विमलेन्द्र  निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वको टोलिले वार्ता र थप छलफल गर्ने भएको छ । वार्ता टोलीबीचको छलफल पछी मंसिर २९ गतेलाई बोलाइएको केन्द्रीय समिति बैठक के गर्ने भन्ने निष्कर्ष आउने बताइएको छ ।

भेटमा सभापती देउबाले पार्टीको स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेर मात्रै महाधिवेशनको कार्यतालिका ल्याउन  राखेको प्रस्ताब बरीष्ठ नेता पौडेलले अस्विकार गरेर महाधिवेशनको कार्यतालिकामा छलफल थालिनुपर्ने अडान दोहोर्याएको  पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले बताए ।

भेटमा पार्टी सहमति र सहकार्यमा संचालन गर्न समेत बरीष्ठ नेता पौडेलले जोड दिएको अधिकारिले बताए ।

शभापती देउवाको चार वर्षे कार्यकाल आगामी फागुनमा सकिँदैछ। विधानअनुसार नै थप गर्न पाउने एक वर्ष कार्यकाल थप गर्ने पक्षमा शभापती देउबा छन भने कार्यकाल थप गर्ने भए पनि तत्काल महाधिवेशनको कार्यतालिका प्रकाशित गर्नुपर्ने अडान बरीष्ठ नेता पौडेलले लिएका छन।

प्रकाशित मिति : मंसिर २८, २०७६ शनिबार  ८ : ५२ बजे