भारतीय सेना प्रमुख धीरज सेठ आज नेपाल आउँदै



काठमाडौं। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाका प्रमुख जनरल धीरज सेठ ५ दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन्।

भ्रमणका क्रममा भारतीय सेनाप्रमुख जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्यानी चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ।

नेपाल र भारतका सेना प्रमुखहरूलाई एक९अर्काको देशमा मानार्थ महारथीको दर्जा दिने लामो समयदेखिको परम्परा रहिआएको छ। सोही परम्पराअनुसार यसअघि सन् २०२४ को डिसेम्बरमा प्रधानसेनापति अशोक सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले भारतीय सेनाको मानार्थ जनरलको उपाधि प्रदान गरेकी थिइन्।

बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने जनरल सेठ नै पहिलो उच्चस्तरीय भारतीय अधिकारी हुन्।

प्रकाशित मिति : श्रावण ३१, २०८३ आईतबार  ११ : १८ बजे