विराटनगर
नेकपाका बरीष्ठ नेता माधब कुमार नेपालाले नेपाल र भारत बिचको सिमा बिबादलाई अन्तरराष्ट्रिय तहमा लानै नमिल्ने बताएका छन ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले कालापानी र लिपुलेकका सम्बन्धमा सत्य र प्रमाणसहितको प्रतिवेदन भारत सरकारलाई बुझाई सकिएको जानकारी दिँदै अब सरकारीस्तरमा वार्ता भई समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।
उनले सीमा विवादलाई अन्तरराष्ट्रिय अदालतमा लैजानुले दुई देशबीच विवाद सिर्जना गर्नु मात्र हुने भन्दै यो समस्यालाई छलफल र वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिए । नेता नेपालले आफूलाई सीमा विवाद सम्बन्धमा विशेषदूत नियुक्त गरिएको कुरा हल्ला मात्र भएकाले यस्तो कुनै किसिमको जिम्मेवारी अहिलेसम्म नपाएको जानकारी दिए ।
फरक प्रसङ्गमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले विगतमा जितेका केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय निकायको कामकारवारी, उम्मेदवारको चयनलगायत मात्र नभएको प्रष्ट पारे । सरकारप्रती जनताको गुनासो बढ्नु सरकारले पारदर्शिता नअपनाउनु, पार्टी सुदृढीकरण नहुनु सुशासन कायम गर्नु नसक्नु जस्ता कारणले पार्टिले हारेको उनले बताए ।
उनले जनताको गुनासो सरकारले सुन्नुपर्नेमा त्यसो हुन नसक्दा पार्टी हारेको उल्लेख गरे ।








